Wednesday, June 10, 2009

बढ्दै छन् विद्यार्थी र कलेज


ए लेभलको आकर्षण नेपालमा पनि बढ्दो क्रममा छ । यो कोर्स सन १९८६ मा २१ जना विद्यार्थीबाट नेपालमा सुरु भएको थियो । वेलायतको क्याम्बि्रज युनिभर्सिटिको यो कोर्स सञ्चालन गर्ने शिक्षण संस्थाको संख्या मात्रै पनि नेपालमा दुई दर्जन पुगेको छ । पहिलो पटक बुढानिलकण्ठ स्कुलले क्याम्बि्रज युनिभर्सिटिको सम्बन्धन लिएर नेपालमा सन् १९८६ मा ए लेभल कोर्ष पढाउन सुरु गरेको थियो । त्यतिबेला २१ जना विद्यार्थी ए लेभलमा भर्ना भएका थिए । बुढानीलकण्ठ स्कूलले दिएको जानकारीअनुसार पहिलो व्याचमा १९ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।हाल शिक्षा मन्त्रालयको स्वीकृतिमा देशभरका दुई दर्जन संस्थाले ए लेभल कक्षा सञ्चालन गरेका छन् । क्याम्बि्रज एजुकेटर्स एशोसिएसन इन नेपाल (सिआन)का अध्यक्ष सुधीरकुमार झाका अनुसार अहिले नेपालमा ए लेभल पढ्ने विद्यार्थीको संख्या एक हजार पाँच सय पुगेको छ । वर्षौदेखि माध्यमिक शिक्षा र प्लस टु सञ्चालन गरिआएका विद्यालयरूले पनि 'विद्यार्थीको आकर्षण बढेको' भन्दै ए लेभल कोर्ष सञ्चालन गर्न थालेका छन् ।सरकारले २०५९ मा विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी एक निर्देशिका तयार गरेको थियो । विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा सञ्चालन गरिने शिक्षण संस्थालाई व्यवस्थित र नियमित तुल्याउन सरकारले सो निर्देशिका ल्याएको हो । २०६१ यता ए लेभल पढाउनका लागि शिक्षा मन्त्रालयबाट अनुमति लिने संस्थाको संख्या दुई दर्जन पुगेको छ । निर्देशिका बन्नु अगाडि नेपालका शिक्षण संस्थाहरूले विदेशी संस्थाबाट सम्बन्धन लिएर कक्षा सञ्चालन गर्दै आएका थिए । नेपालको प्रमाणपत्र तह वा प्लस टु सरहको पाठ्यक्रम हो ए लेभल । कतिपय विषयका विषयवस्तुहरूले मेल खाए तापनि तर ए लेभल र अन्य कोर्सको अध्ययनविधि भने निकै फरक देखिन्छ । सबैभन्दा पुरानो ए लेभल पढाउने संस्था बुढानीलकण्ठ स्कुलका पि्रन्सिपल नारायणप्रसाद शर्माका अनुसार अन्य कोर्समा घोकेर पनि विद्यार्थीले विशिष्ट श्रेणीको नतिजा हासिल गर्न सक्छन्, तर ए लेभलमा घोकेर नहुने तर बुझ्नैपर्ने पर्छ । त्रिभुवन विश्वविद्यालयले यस कोर्सलाई प्रमाणपत्र सरह मान्यो र ग्रेडअनुसार प्रतिशत तोक्यो ।' सुरुका वर्षको अनुभव सुनाउँदै शर्माले भने । त्रिविले ए लेभलको ए ग्रेडलाई ९५, बिलाई ८५, सिलाई ७५, डि र इ लाई ५५ प्रतिशत सरह मान्यता दिएको छ । 'ए लेभल विश्वव्यापी छ, यो कोर्सर् समयअनुसार परिवर्तन भइरहन्छ, व्यवहारमुखी छ र यसले विद्यार्थीलाई सिर्जनशील बनाउँछ, क्याम्बि्रज एजुकेटर्स एशोसिएसन इन नेपालका अध्यक्ष सुधीरकुमार झा भन्छन्, 'एक त यसमा विद्यार्थीले मन लागेको विषय छान्न पाउँछ । दोस्रो यसमा ग्रेड प्रणाली छ । विश्वका जुनसुकै विश्वविद्यालयमा आवेदन गर्न र छात्रवृत्ति पाउन सकिन्छ । विद्यार्थीले आफ्नो ग्रेड सुधार्ने मौका समेत पाउँछन् ।'ए लेभलमा क्याम्बि्रज विश्वविद्यालयले ७० वटा विषय राखेको छ । तीमध्ये नेपालमा १५ विषयमा पढाई भइरहेको छ । विद्यार्थीले चार वटा विषय छान्न पाउँछन् तर नेपालको लागि 'जेनेरल पेपर' अर्थात सामान्य विषय सबैले पढ्नुपर्छ । काठमाडौंको वृहस्पति विद्यासदन जस्ता वर्षौदेखि माध्यमिक तह तथा प्लस टु सञ्चालन गरेका शिक्षण संस्थाले विद्यार्थीको माग बढेको भन्दै धमाधम ए लेभल कक्षा सञ्चालन गर्न थालेका छन् । वृहस्पति विद्यासदन स्थापना भएको २५ वर्ष भएको छ र त्यहाँ प्लस टु पनि सञ्चालित छ । गत वर्षदेखि ए लेभल कक्षा सञ्चालन गरेको सो विद्यालयका इन्चार्ज सन्दीप लोहनी भन्छन्, 'ए लेभल खोज्दै विद्यार्थीहरूको ओइरो लाग्न थालेपछि अघिल्लो वर्षबाट सुरु गरेका हौं ।' राजधानीकै अर्को शिक्षण संस्था जेम्स स्कुलका ए लेभल को-अर्डिनेटर राजेन्द्र घिसिङका अनुसार सो स्कूलमा माध्यमिक तह र प्लस टु हुँदा हुदै पनि विद्यार्थीको आवश्यकता र चाहनालाई ध्यानमा राखेर ए लेभल सञ्चालन गरिएको हो । उनप् भन्छन्, 'यस स्कुलमा एलएलसी दिनेको संख्या दुईदेखि तीन सयसम्म हुन्छ । एसएलसी दिने विद्यार्थीमध्ये चालीस प्रतिशतले ए लेभल पढ्न खोजेको पायौं । विद्यार्थीले चाहेपछि जहाँ गएर पनि पढ्ने हुनाले यही अवसर दियौं । सुरुमा बुढानीलकण्ठ, काठमाडौं एकेडेमीलगायतका पुराना संस्थाहरुमा ओ लेभल पढेपछिमात्र ए लेभलमा भर्ना लिने चलन थियो । ओ लेभल नेपालको एसएलसी सरह हो । बुढानीलकण्ठ स्कुलका पि्रन्सिपल शर्मा भन्छन्, 'ओ लेभल एलएलसी लेभल सरह भए पनि एक वर्ष ओ लेभल पढ्नै पर्ने बाध्यता थियो, पछि यसको आवश्यकता नठानेर हटायौं ।' बुढानीलकण्ठ स्कुलले सन २००४ बाट मात्र ओ लेभल हटाएर एसएलसी पास भएका विद्यार्थीलाई ए लेभलमा भर्ना दिन थालेको हो । ए लेभल पढ्नका लागि आवेदन दिनेको संख्या धेरै भए पनि स्रोतसाधनको सीमितताका कारण नेपालका शिक्षण संस्थाले चाहे जति भर्ना लिन सक्दैनन् । यो कोर्स व्यवहारमुखी हुने, विद्यार्थीले बुझ्नु पर्ने र प्रयोगशाला, पुस्तकालय आदि सुविधा दिनुपर्ने भएकाले चाहे जति संख्यामा भर्ना लिन सकिदैन । अधिकांश सञ्चालकहरू ए लेभलमा विद्यार्थीको 'कलेक्सन' भन्दा 'सेलेक्सन' बढी गर्नुपर्ने धारणा राख्छन् । घोकन्ते विद्यार्थीका लागि ए लेभल त्यति फलदायी नभएको त्यस्ता सञ्चालकको भनाइ छ ।ए लेभल पढ्दै गरेकी दीपिका सोतिमा अहिले निकै उत्सुकता देखिएको छ । 'ए लेभल पढ्न मलाई खुब मजा लगिरहेको छ, सोती भन्छिन, 'यो पढेर मलाई विदेशी विद्यार्थीहरूसँग सजिलै प्रतिष्पर्धा गर्न सकिन्छ भन्ने विश्वासा बढेको छ ।' दश कक्षा पढ्दैदेखि बुबाले घरमा ए लेभलबारे कुरा गरिरहने र एसएलसी परिक्षा सकेपछि यहि कोर्ष पढ्न सुझाव आएकाले उनी भर्ना भएकी थिइन् । अनुभव सुनाउदै भनिन, 'यसमा प्रबिधिक कुरा धेरै हुन्छ । जसले गर्दा पढेको कुरा सजिलै सम्झन सकिने रहेछ ।'फेरियो पुरानो धारणानेपालमा ए लेभलले प्रवेश पाएका केही वर्षसम्म यसप्रति कतिपय मानिसको धारणा त्यति सकारात्मक थिएन । त्यस्ताहरूको मान्यता थियो- फेल भइरहने र अरु पढ्न नसक्ने विद्यार्थीले मात्र ए लेभल पढ्छन् । शर्मा भन्छन्, 'बाहिर कतिपयले यो कोर्स फेल भएकाहरूले पढ्ने कोर्स हो समेत भन्ने गर्थे तर हाम्रो स्कुलमा त यहीँ पढेका विद्यार्थीहरू नै ए लेभलसम्म पढ्थे ।' पुरानो धारणा बदलिएपछि नेपाली विद्यार्थीले सर्वोकृष्ट नतिजा ल्याउन थालेको क्याम्बि्रज एजुकेटर्स एशोसिएसन इन नेपाल (सिआन)का अध्यक्ष झा बताउँछन् । 'पाँच/छ वर्ष अघिसम्म अधिकांश लाहुरेका छोराछोरीले ए लेभल पढ्ने गर्थे' सिआनका अध्यक्ष झाले भने, 'पछि ए लेभलको विशेषता धेरैलाई थाहा भयो, सबैले पढ्न थालेपछि नेपाली विद्यार्थी संसारमै सर्वोकृष्ट हुन थाले ।' 'सबैभन्दा सस्तो नेपालमा'संसारभर पढाई हुने क्याम्बि्रज युनिभर्सिटिको ए लेभल कोर्स नेपालमा सबैभन्दा सस्तो हुने कलेज सञ्चालकहरुले दावी गरेका छन् । सामान्यतः ए लेभल पढ्नका लागि नेपालमा करीब साढे दुई लाख रुपियाँ खर्च हुन्छ । भारत लगायत अन्य कतिपय देशको तुलनामा यो रकम धेरै कम हो । झा भन्छन्- 'ए लेभल पढ्नका लागि विश्वका भारत लगायत अन्य ७० देशमध्ये सबैभन्दा सस्तो नेपालमा छ ।' शान्ति सुरक्षाको प्रत्याभूतिका साथ लगानी सुरक्षित गर्न सक्ने हो भने विदेशी विद्यार्थीलाई सुविधा दिन सक्ने झाको दावी छ ।

No comments:

Post a Comment

You really want make money ?

What you like to Meet ?

What internet doing in modern age ?

What is money game or…..?

www.searchA2Zworld.blogspot.com

If you have the time and energy , just see the below link ↓


Nepali Comedy Show On TV