भारतीय सुरक्षाकर्मीले दाङमा सयौँ नेपालीलाई कुटपीट गर्दै घर तथा टहराहरुमा आगजनी गर्दै विस्थापित गराएको घटनाको एकीकृत नेकपा माओवादी र नेकपा (एकीकृत) लगायतका दलहरुले विरोध गरेका छन्। नेकपा एकीकृतले आज राजधानीमा मसाल जुलुस निकालेको छ। राजधानीको डिल्लीबजारबाट निकालिएको मसाल जुलुसमा मानिसहरुको सहभागिता न्यून भएपनि भारतीय विस्तारवादका विरुद्धमा कडा नाराबाजी गरिएको थियो।
No comments:
Post a Comment