Saturday, June 27, 2009

जसले जेल बसेर अरु अपराध सिक्यो

१८ वर्षको उमेरमै आपराधिक दुनियाँमा सनसनी मच्चाएका निरञ्जन खनाल पाँच वर्षपछि फेरि चर्चामा आएका छन् । उनको पछिल्लो चर्चा पनि अपराधसँगै गाँसिएको छ । त्यतिवेला भर्खरै एसएलसी दिएका खनाल देशको राजधानीको मुटुमा रहेको एउटा बैंक एक्लै लुट्ने दुस्साहस देखाएको पाँच वर्षपछि व्यापारी महेश सारडाको अपहरण गरेर संगठित अपराधीको नाइकेको रूपमा देखिए ।
निरञ्जन खनाल जसको अपराध शैलीले प्रहरीलाई पनि झस्कायो पहिलो घटनामा निक्कै चतुर्‍याइँ देखाएर प्रहरीलाई चक्मा दिँदै हिँडेका खनाल यसपटक भने आफैं प्रहरीको गोलचक्करमा फसे । पहिलो घटनामा उनले नाटकीय रूपमा आत्मसमर्पण गरेर आफ्नो अपराध कबुलेका थिए । दोस्रो अपराधमा भने उनलाई फन्दामा पार्न प्रहरीले लामै संघर्ष गर्नुपर्‍यो । बैंक डकैतीको अभियोगमा २ वर्ष जेल सजाय भोगेर रिहा भएका खनालले आफ्नै अगुवाइमा २२ जेठमा उद्योगी सारडाको अपहरण गरे । उनले अपहरित सारडालाई १० दिनसम्म काठमाडौंको उत्तरमा रहेको साङ्लेखोलामा राखेर उनको परिवारसँग १४ लाख रुपैयाँ फिरौती असुलेर मुक्त गरे । जेलमा रहेका कुख्यात अपहरणकारी अमर टन्डनको सल्लाह, तीनजना भारतीय अपराधी र ६ सदस्यीय नेपा ली समूह लगाएर सारडाको अपहरण गरी ढुक्कसँग काठमाडौंमै बसेका खनाललाई केन्द्रीय कारागारमा रहेका उनका गुरु टन्डनलाई भेटेर फर्कंदै गर्दा असारको पहिलो साता प्रहरीले पक्राउ गरेको थियो । खनाल केन्द्रीय कारागारबाट फर्केर सुन्धारातिर आउँदै गर्दा प्रहरीको फन्दामा परेका हुन् । आफू सनकको भरमा अपराधको दुनियाँमा छिरेको बताउने खनाल जेल बसाइका क्रममा व्यावसायिक अपराधीसँग निकट भए । अपराधमा कहलिएका र अनुभव प्राप्त गरेका अपराधीसँगको सान्निध्यले उनीभित्र रहेको अपराध मनोविज्ञान जेलमा बस्दा पनि निमिट्यान्न हुन सकेन, बरु अरू जुर्मुरायो । त्यसैले जेलबाहिर निस्केपछि खनाल फेरि अपराधकै दुनियाँमा पुगे ।अपराधीहरूसँग आत्मीय हुने र उनीहरूले गरेका अपराधका घटनाहरू सुनेर रोमाञ्चित हुने उनको बानी नै उनलाई फेरि अपराधको दुनियाँमा भसाउने मूल कारण बन्यो ।संयोग पनि कस्तो भने महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खनालको पहिलो अपराध 'बैंक लुटपाट काण्ड'को अनुसन्धान गरेका प्रहरीकै काँधमा उनको दोस्रो अपराध 'सारडा अपहरण प्रकरण'को अनुसन्धानको जिम्मा परेको छ । खनालको पहिलो अपराधको किस्सा सुनाउँदै सइ मदनबहादुर केसी भन्छन्, 'ऊ आउनासाथ मलाई चिनिहाल्यो । उसले सोध्यो, दाइ मलाई कति सजाय हुन्छ ? मैले १५ वर्ष भनेँ ।' सइ केसीको यस्तो जवाफ सुनेपछि खनालले टाउको समाते । आत्तिए । अनि भन्न थाले, 'अब मरे भइगयो नि ! म बाँचेको के सार लाग्यो र । १५ वर्षमा त बूढो भइहाल्छु नि ।' प्रहरीका अनुसार खनालमा अझै पनि सुरक्षा र न्यायको मौजुदा प्रणालीबाट फाइदा उठाएर अरू अपराध गरेर बाँच्न सकिन्छ भन्ने झिनो आशा देखिन्छ । यसले उनीभित्र रहेको आपराधिक मनोभाव कति बलियोसँग जकडिएको रहेछ भन्ने प्रस्ट हुन्छ ।पहिलो भेटमै सइ केसी खनालका कुरा सुनेर अचम्ममा परेका थिए रे । उसको उमेर, हाउभाउ र शैली देख्दा ऊ कुनै चतुर युवाजस्तो लाग्थ्यो रे । खनालसँगको भेटको अनुभवबारे केसी भन्छन्, 'पहिला जे काम गरे पनि चर्चामा नआउने भएपछि उसले चर्चामा आउन बैंक लुटेको भन्थ्यो । तर, अहिले प्रारम्भिक अनुसन्धानमा भएकाले सबै कुरा सोध्न भ्याएको छैन । तर, त्यस मान्छेको दिमागचाहिँ तगडाजस्तो लाग्छ ।'
काठमाडौंको मुटुमा रहेको बैंक नाटकीय ढंगमा एक्लै लुटेर चर्चामा आएका युवा अपराधी निरञ्जन खनाललाई थप अपराध सिकाउने अखडा बन्यो जेल महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी नवराज सिलवालको खनालसँगको पहिलो भेट पनि त्यत्तिकै रोचक रहेछ । 'किन अपहरण गरेको त मान्छे ?' भन्ने सिलवालको प्रश्नमा खनालले उत्तर दिएछन्, 'अपराधमा एक्सपेरिमेन्ट गरेको । पहिला बैंक लुटेँ, अहिले अपहरण गरेँ ।'खनाललाई गोलचक्करमा पारेर पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक कृष्णप्रसाद कोइरालाको अनुभवमा खनाल चतुर अपराधी हुन् । उनी आफ्नो नजिक रहेका व्यक्तिलाई एकैछिनमा कन्भिन्स गर्न खप्पीस छन् । सारडा प्रकरणलाई पछ्याइरहेको प्रहरीले अपहरणकारी खनाल नै रहेको निश्चित गरी पक्राउ गर्न उनीसमक्ष जाँदा खनालले प्रहरी टोलीलाई समेत 'कन्भिन्स' गरेर झन्नै उम्केका थिए । पक्राउ गर्न पुगेका कोइरालाले खनालको भनाइ उद्धृत गर्दै भने, 'तँ अपहरणकारी होइन भनेर हामीले सोध्दा उसले यति विनम्र पारामा आफूलाई प्रस्तुत गर्‍यो कि हामी अचम्मित भयौँ । आम्मै के त्यस्तो भनेको सर, प्लिज त्यस्तो नभन्नुस् न । म कहाँ त्यस्तो छु र ? भन्यो उसले ।'अपहरणकारीका नाइके सिद्धार्थ लामा, उदय सेट्टीलगायतकालाई फन्दामा पारिसकेका कोइराला खनालका बारेमा भन्छन्, 'खनाल नाटक गर्न सिपालु छ । बडो दिमाग लगाएर अपराध गर्छ । यो बाहिर बसेर काम गर्ने हो भने अमर टन्डनलाई पनि माथ ख्वाउँछ ।'

No comments:

Post a Comment

You really want make money ?

What you like to Meet ?

What internet doing in modern age ?

What is money game or…..?

www.searchA2Zworld.blogspot.com

If you have the time and energy , just see the below link ↓


Nepali Comedy Show On TV