प्रधानमन्त्री माधवकुमार नेपालले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरे पनि मन्त्रिपरिषद्लाई पूर्णता भने दिन सकेनन् । मधेसवादी दलहरूसित कुरा नमिलेपछि बुधबार प्रधानमन्त्री नेपालले एमाले र कांग्रेसका गरी पाँच मन्त्री र ६ राज्यमन्त्रीलाई शपथ गराएका छन् ।
अझै अपूर्णएमालेका तर्फबाट शंकर पोखरेल, भीम रावल, रकम चेम्जोङ र रवीन्द्र श्रेष्ठ तथा कांग्रेसका तर्फबाट मोहम्मदअफताव आलमलाई मन्त्री नियुक्त गरिएको छ । पोखरेललाई सूचना तथा सञ्चार, रावललाई गृह, चेम्जोङलाई शान्ति तथा पुनर्निर्माण, श्रेष्ठलाई सामान्य प्रशासन र आलमलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यसअघि, मन्त्री नियुक्त गरिए पनि कुनै विभागीय जिम्मेवारी नपाएका कांग्रेस र मालेका मन्त्रीहरूलाई पनि बुधबार विभागीय जिम्मेवारी दिइएको छ । जसअनुसार डा. प्रकाशशरण महतलाई ऊर्जा, बालकृष्ण खाँडलाई सिञ्चाइ, डा. मिनेन्द्र रिजाललाई संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था र संस्कृति, पूर्णकुमार शेर्मालाई स्थानीय विकास, उमाकान्त चौधरी स्वास्थ्य तथा जनसंख्या र डम्मर श्रेष्ठलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।तेस्रोपटक विस्तार भएपछि मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । ९ जेठमा प्रधानमन्त्री निर्वाचित भएका नेपालले ११ जेठमा पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसैदिन उनले आफ्नै पार्टी एमालेका तर्फबाट सुरेन्द्र पाण्डे र विद्यादेवी भण्डारीलाई क्रमशः अर्थ र रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।त्यसको नौ दिनपछि दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री नेपालले कांग्रेस, मधेसी जनअधिकार फोरम र नेकपा मालेका गरी आठजनालाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूमध्ये ६ मन्त्रीलाई कुनै विभागीय जिम्मेवारी दिइएको थिएन । मन्त्री नियुक्त भएको झन्डै दुई सातापछि बुधबार उनीहरूले विभागीय जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री नेपालले बुधबार नै एमालेका तर्फबाट मोहम्मद रिजमान अन्सारी, जितु गौतम र डिल्लीबहादुर महत तथा कांग्रेसका तर्फबाट गणेशबहादुर खड्का, चन्द्रसिंह भट्टराई र खड्गबहादुर बस्याललाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । अन्सारीलाई गृह, गौतमलाई सामान्य प्रशासन, महतलाई शान्ति तथा पुनर्निर्माण, खड्कालाई स्थानीय विकास, भट्टराईलाई ऊर्जा र बस्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो । प्रधानमन्त्री नेपालले नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा शीतलनिवासमा र राज्यमन्त्रीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका थिए । मन्त्रीहरूले बुधबार नै आ-आफ्नो मन्त्रालय गएर पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति भवनमा आयोजित मन्त्रीहरूको शपथग्रहण समारोहमा विशिष्ट व्यक्ति, राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको भए पनि उपप्रधानमन्त्री विजयकुुमार गच्छदार र मधेसवादी दलका नेताहरूको उपस्थिति थिएन ।

No comments:
Post a Comment