Saturday, June 6, 2009

काग्रेसका निरंकुश हुक्के , ढोकेलाई अव विदागर्नै पर्छ : सभासद गगन थापा




अन्तत लामो विरोध र विवादपछि कांग्रेस सुजता कोइरालाको नेतृत्वमासरकारमा सहभागी भएको छ । जे नहुनु थियो त्यही भयो र सभापति ज्यूले जे गर्नुहुन्न भन्ने अपेक्षा गरिएको थियो त्यही गर्नभयो। यो एकल निर्णयले तमाम स्वाभीमानी काग्रेसजन जो तन, मन, वचन र कर्मले विनास्वार्थ अनैकौ पीडाहरुको सामाना गर्दै लोकतन्त्र र काग्रेसका हितका निम्ती खटिरहे तीनीहरुको शिर निहुरिएको छ र निराश वनाएको छ । काग्रेस कुनै व्यक्ति , परिवार वा तिनका सन्तानका कारणले वचेको होइन , काग्रेस तिनै होनाहार , इमान्दार र अविचलित कार्यकर्ताको बुतावाट वचेको हो र भविष्य पनि तिनैले वचाउने हो । प्रश्न सरकारमा को गयो वा को जानुपर्थो भन्नेमा मात्र होइन प्रश्न र चासोको विषय नेपाली काग्रेसले गर्ने निर्णय आम काग्रेसजनको भावना अनुरुप लोकतान्त्रिक विधिवाट हुन्छ कि हुदैन भन्ने हो ।
नेतृत्वले वन्द कोठा भित्र वसेर गरेको एकल निर्णयले के काग्रेसको लोकतान्त्रिक छविलाई वलियो वनाउन सक्यो त ? अनि गिरिजावावुको अग्लो व्यक्तित्वलाई वचाउन सक्यो ?
जीवनको उत्तरार्द्धमा आम नेपालीको अविभावक बन्न सक्नुपर्थो गिरिजावावुले न की सुजताको मात्रै ?
यो निर्णयले गिरिजावावुको लोकतन्त्र प्रतिको निष्ठा, त्याग , काग्रेसको सिद्धान्त , निरन्तर संधर्ष, यसको पद्धति र भविष्यमाथि अनेकौ प्रश्न उठाएको छ ।
लोकतन्त्रमा हरेक कुराको निर्धारण विधिले गर्ने हो , व्यक्तिले होइन । ६ दशक सम्म लोक तन्त्रका लागि लडेको काग्रेस भित्र झण्डै त्यति नै समय आन्तरिक लोकतन्त्रका लागि आवाज उठिरहेका छन । विधिभन्दा व्यक्तिलाई सर्वेसर्वा ठानेर व्यक्तिलाई निर्णय अधिकार सुम्पने अनि वाहिर वसेर मन्त्रीमा आफ्नो नेतृत्व सहित आउछ कि भनेर पर्खने र नआए पछि विरोध गर्ने केही नेतृत्वको स्वार्थगत प्रवृतिले पनि विधिको सम्मान हुन सक्दैन । अव यस्तो ढर्रा र शैलीवाट चल्ने काग्रेसले नया चुनौतिको सामाना गर्न सक्दैन । नया चुनौति सामाना गर्न काग्रेसलाई नया वनाउन नेतृत्व तहमा रहेका निरंकुश सोचले ग्रस्त र हुक्के ,ढोक , वैठके सवैलाई अव काग्रेसले विदा गर्नै पर्छ । यस्तो काम हामी जति छिटो गर्न सक्छौ त्यसैमा काग्रेसको भविष्य अडिएको छ ।
गगन थापा
सभासद नेपाली काग्रेस

No comments:

Post a Comment

You really want make money ?

What you like to Meet ?

What internet doing in modern age ?

What is money game or…..?

www.searchA2Zworld.blogspot.com

If you have the time and energy , just see the below link ↓


Nepali Comedy Show On TV