यदि नेपाली कांग्रेस भन्ने पार्टी गिरिजाप्रसाद कोइराला प्राइभेट लिमिटेड हैन भने मात्रै आज सुजाता कोइराला मन्त्री बन्नबाट रोकिने छिन्। नत्र खबरहरु सुन्दा सुजाताको नेतृत्वमा कांग्रेस माधव नेपाल सरकारमा सहभागी हुने निश्चित छ। त्यसो त हिजै मन्त्रिपरिषद् पुनर्गठनको समाचार आउन सक्ने बताइएको थियो। हिजो राति त्यो नभएपछि आज त्यसो हुने संभावना बढेको हो।
नेपालको बारेमा नेपाली पत्रिकालाई भन्दा भारतीय पत्रिकालाई थाहा हुन्छ भनेर भने जस्तो भारतीय पत्रपत्रिकाहरुले सुजाता परराष्ट्र मन्त्री बन्ने समाचार लेख्न थालेपछि पनि यो संभावना अझ बढेको हो। उता, फोरमबाट भने कसको नेतृत्वमा सरकारमा जाने अझै टुंगो लाग्न सकेको छैन। उपेन्द्र यादव र विजयकुमार गच्छदार दुवैलाई सरकारमा पठाउने निर्णय भए पनि नेतृत्वबारे विवाद कायमै छ।
यादव र गच्छदार मध्ये एकले नेतृत्व गर्ने भए यो मन्त्रिपरिषद्को कीर्तिमानै भंग हुनेछ। किनभने पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने उनीहरु पहिलो चुनाव जितेका मन्त्री हुनेछन्। अहिलेको मन्त्रिपरिषदमा दुई जना निर्वाचनमा पराजित उम्मेदवार रहेका छन्। कांग्रेसको नेतृत्व गर्ने भनिएकी सुजातालाई उपेन्द्र यादवले पराजित गरेका हुन्। हराउने र जित्ने दुवै एउटै मन्त्रिपरिषदमा मन्त्री बनेको अनौठो कीर्तिमान पनि देखिने संभावना छ

No comments:
Post a Comment