Sunday, January 5, 2014
कुमारित्व लिलामीमा राख्ने लहर, १८ बर्षे युवतीले बेचिन ३० हजार डलरमा
हरेक महिलाका लागि आफ्नो कौमार्य प्यारो हुन्छ । तर, पछिल्लो दिनका कौमार्य बेच्ने फेसनै चलेको छ इन्टरनेट बजारमा । रसियाकी एक युवतीले पनि आफ्नो कौमार्य ३० हजार डलरभन्दा पनि कममा बेचेकी छिन् । सातुनिया कोड नाम राखेकी ती १८ वर्षीया युवतीको नाम खुलाइएको छैन । कौमार्य बिक्रिका लागि राखिएको अनलाइन लिलामी साइटमा उनले आफ्नो स्टाटस ‘नयाँ–प्रयोग नगरिएको’ भनेर उल्लेख गरेकी छिन् । साइबेरियन टाइम्सका अनुसार कौमार्य बेच्नुअघि भेटका लागि प्रस्ताव क्रासनोयाक्र्स शहरको होटल प्रस्ताव गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई पैसाको जरुरी छ । त्यसैले मैले आफ्नो मूल्यवान चिज बेच्दैछु ।’ उनले थपिन्–म भोलि नै भेट्न तयार छु । र म कुमारी भएको पुष्टी गर्न समेत तयार छु ।’ उनले आफू कुमारी भएको प्रमाणससिहत होटलमा आउने भन्दै पैसा दिनेलाई तत्काल कुमारित्व सुम्पने बताइन । उनले पैसा नगदमै हुनु पर्ने सर्त राखेकी छन् । अचम्म त के छ भने उनै किशोरीले अघिल्लो बर्ष अप्रिलमा पनि अर्को एक अनलाइन साइटमा आफु सत्र बर्षे किशोरी रहेको केही समयभित्रै १८ टेक्न लागेको भन्दै कुमारित्व लिलामीको घोषणा गरेकी थिइन् । अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ
सित्तैमा एक जोर कपडाका लागि हजारौं अर्धनग्नको लाइन (फोटो फिचरसहित)
सित्तैमा पाइने भएपछि मानिसहरु अलकत्रसमेत खान पछि पर्दैनन् भन्ने हाम्रोमा उखान छ । यो मामिलामा हामी मात्र हैन युरोपेली मुलुकका मानिसहरु झन एक कदम अगाडी देखिएका छन् । एउटा फेसन स्टोरले एक जोर कपडा सित्तैमा दिने घोषणा गरेपछि हजारौं युवायुवती अर्धनग्न भएर घण्टौं लाइन बसेका छन् । स्पेनिस ब्राण्ड डेजीगलले सुरु गरेको ‘अर्धनग्न आऊ, कपडा लगाएर जाउ’ अफरमा सहभागी हुन युवायुवतीहरु भित्री बस्त्रमात्र लगाएर लाइनमा बसे । यो चिसो बिहानीमा इटलीको रोममा बिहान उज्यालो नहुँदै स्टोरअघि सयौं युवा युवती लाइनमा थिए । युवतीहरुले टुपिस लगाएका थिए भने केटाहरुले कट्टुमात्र लगाएर आफ्नो बहादुरी देखाइरहेका थिए । लाइन यति चर्को थियो कि बिहान ३ बजेपछि लाइनमा बस्नेहरुले सित्तैमा कपडा लैजाने अबसरसमेत पाएनन् । किनकी फेसन ब्राण्डले सुरुका सय जनालाई मात्र यो अबसर दिने भनेको थियो । लाइन बसेका अर्धनग्न तन्नेरीहरु निराश नहोउन भनेर उसले बाँकीका लागि ५० प्रतिशत छुट अफरसमेत ल्याएको थियो । आयोजकका अनुसार सेमिनेकेड पार्टीमा दशौंहजार युवायुवती सहभागी भएका थिए । यो ब्रान्डले यसअघि स्पेनको मड्रिडसहितका शहरसँगै लण्डन, टोक्यो र न्यूयोर्कमा पनि सेमिनेकेड पार्टी आयोजना गरिसकेको छ । आगामी साता परिसमा यस्तै पार्टी आयोजना हुने छ जहाँ अर्धनग्न तन्नेरीहरुले सय मिटरको दौड पनि पुरा गर्नुपर्ने छ । अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मंगल ग्रहमा जान छानिए नेपाली
२०७० पुष २२ गते ९:२६ मा प्रकाशित २२ पुस, काठमाडौं । मंगल ग्रहमा जान छनोट भएका व्यक्तिहरुमध्ये एक नेपाली पनि छानिएका छन् । मंगलग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्याण्डस्थित ‘मार्स वान’ संस्थाले छानेका १ हजार ५८ जना मध्ये एकमा नेपाली पनि परेका हुन् । मार्स वानले तोकेको मापदण्ड पुरा गर्दै पाल्पाको रामपुरका समीर न्यौपाने मंगलग्रह जानेको सूचीमा दर्ता भएका छन् । उक्त संस्थाले अझै विभिन्न चरणको परीक्षण भने गर्न बाकी रहेको छ । प्रत्येक २/२ वर्षमा ४ जनालाई मंगलग्रहमा पठाउने योजना बनाएको मार्स वानले सन् २०२४ मा पहिलोपट ४ जनालाई पठाउने तयारी गरेको छ । उनीहरुलाई त्यहाँ पठाउनुअघि विभिन्न चरणको परीक्षण गर्ने र उनीहरुले मंगलग्रहमा गएर विभिन्न बैज्ञानिक परीक्षण गर्ने छन् । ग्रहमा महिला र पुरुष बराबरीको संख्यामा पठाउने तयारी मार्स वानको छ । विज्ञान विषय लिएर प्लस टु पढिरहेको समीर आफू मंगलग्रह जानेमा विश्वस्त रहेका छन् । पहिले उनले आफ्नो व्यक्तिगत विवरणसहित ग्रहमा जानुका कारणसहितको ३ मिनेटको भिडियो र तीनवटा प्रश्नको जवाफ पठाएका थिए । अब दोस्रो चरणमा छनौट भएकाहरुको शारीरिक र मानसिक परीक्षण गरिने न्यौपानेले बताए । अब क्षेत्रीय स्तरमा परीक्षा हुने र उक्त परीक्षा भारत वा चीनमा हुनेछ । मंगल ग्रहमा जान विश्वभरबाट २ लाख भन्दा बढीले आवेदन दिएका थिए । उक्त ग्रहमा पुग्न अहिलेको रकेटको गतिले ६ देखि ८ महिनासम्म लाग्नेछ ।
गैरआवासीय नेपालीले दोहोरो नागरिकता पाउँदैनन्ः भीम रावल
२२ पुस, लण्डन । नेकपा एमालेका नेता भीम रावलले गैरआवासीय नेपालीले दोहोरो नागरिकता नपाउने सहमति भएको खुलासा गरेका छन् । रावलले नेपालका मुख्य राजनीतिक दलहरुबीच नै गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता नदिने सहमति भइसकेको बताएका हुन् । प्रवासी नेपाली मन्च बेलायतको तेस्रो राष्ट्रिय अधिबेसनलाई आइतबार लण्डनमा सम्बोधन गर्दै रावलले दोहोरो नागरिकताको माग हुबहु पुरा नभएपनि गैरआवासीय नेपालीहरुले उठाएका अन्य मागहरुको भने सम्बोधन गरिने बताए । उनले विदेशमा बस्ने सबै नेपालीहरुलाई स्वतन्त्र रुपमा नेपालको भ्रमण गर्न पाउने, नेपालमा लगानी र सम्पति आर्जन गर्न पाउने लगायतका अधिकार प्रदान गरी विशेष परिचयपत्रको व्यवस्था गर्न समेत पहिलो संविधानसभामा सहमति भइसकेको जानकारी दिए । तर गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि महत्वका साथ उठाउंदै आएको दोहोरो नागरिकता भने नदिने नै सहमति भएको रावलले स्पष्ट पारे । नेपालका राजनीतिक दल र तीनका नेताहरुले विदेशमा आएर दोहोरो नागरिकताको पक्षमा भाषण गरेर सबैलाई भ्रम छर्ने काम गरेपनि नेपालमा गएर त्यसको विपक्षमा सहमति गर्ने गरेको उनले दाबी गरे । दल र नेताहरुको यस्तै दोहोरो चरित्रका कारण नै देश आज यो संक्रमणमै अल्झिहेको उनको भनाइ थियो । दोहोरो नागरिकताको व्यवस्था गर्नुभन्दा पहिला यसले निम्त्याउन सक्ने समस्याहरुको पहिचान गरी सम्बोधन हुनुपर्नेमा उनले जोड दिए । दोस्रो संविधानसभाको चुनावमा सबै दललाई मिलेर अघि बढ्ने म्यान्डेट आएकोले राष्ट्रिय एकता, अखण्डता र स्वाधिनताका पक्षमा सबै दल एक हुनुको विकल्प नरहेको रावलले बताए । सविंधानसभाबाट एक वर्षभित्रमै नया संविधान जारी गर्न आवश्यक छ भन्दै उनले त्यसका लागि प्रतिबद्धता पनि व्यक्त गरे । पहिलो ६ महिनामा दलहरुबीच सहमतिका लागि प्रयास गरिने र सहमति नबने जनमत संग्रह गरेरै भएपनि एक वर्षभित्रमै सविंधान बनाउनुपर्ने उनले बताए ।
Subscribe to:
Posts (Atom)
You really want make money ?
What you like to Meet ?
What internet doing in modern age ?
What is money game or…..?
www.searchA2Zworld.blogspot.com
If you have the time and energy , just see the below link ↓
Nepali Comedy Show On TV