Saturday, October 24, 2009

विश्वका १८० देशसँगै हाम्रो देशका युवाहरुले पनि आज ऐतिहासिक साढे तीन सय अभियानमा सहभागिता जनाए। आजको दिन जस्तो वातावरणसम्बन्धी जनचेतना फैलाउन पृथ्वीको

माधव नेपाल सरकारको ४४ जना मन्त्रीहरु मध्ये कोही कोही त नमूनै रहेछन् बा…! ह्वाँ प्रधानमन्त्रीलाई आफ्नो कुर्सी जोगाउन कस्तो गाह्रो भइरहेको छ। कहिले टुरिस्ट बसमा सहर घुमेर कहिले जनआन्दोलनका घाइतेलाई जागिर दिएर जनतामा राम्रो सन्देश दिन खोजिरहेका छन् उनी। ह्याँ उनकै मन्त्रिमण्डलका मन्त्री भने वाहियात काम गरेर मन्त्री पद कै बेइज्जत गरिरा’छन्।
भएछ के भने तमलोपाबाट युवा तथा खेलकूद सहायक मन्त्री बन्ने सौभाग्य पाएकी चन्दा चौधरी मन्त्री निवास पुल्चोकतिर जाँदै रहिछिन् आफ्नो झण्डावाला गाडीमा झण्डा फरफराउँदै। कुपन्डोलमा पुगेपछि घच्याक्क लाएर गाडी रोकिएछ। सबलाई नयाँ गाडी काँ पाएर ल्याउनु ! अलि पुरानो गाडी थियो, बिग्रिएछ। युवा मन्त्री, युवा जोश- रिसले आँखा देखिनन्। मुक्का हानिन् गाडीको शिशामा- झ्याम्म, झ्याम्म। चकनाचुर भयो गाडीको शिशा।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
गाडी उनको आफ्नै निजी भएको भए त के मतलब हुन्थ्यो र ! तर त्यो गाडी थियो बा १ झ ४६३४ नम्बरको सरकारी गाडी। अर्थात् तपाईँ हाम्रो करले किनेको गाडी। ल हेर्नुस् त मन्त्रीको रजाइँ- उसको केही जाने हैन भन्दै त्यसरी सरकारी गाडीको शिशा फोड्न पाइन्छ ? मन्त्री त यस्ता छन् भने देशका ठूला भनाउँदाहरु, नेतृत्व गर्नुपर्नेहरु त यस्ता छन् भने उनका कार्यकर्ताहरुले आन्दोलन सान्दोलनमा शिशा फुटाउँदा उनीहरुले के मुखले गल्ती गरेको भन्ने ?
४४- ४४ जना मन्त्री भएको देशमा यो त ट्रेलर मात्रै होला हजुर, पूरै फिलिम त अझै आउनै बाँकी छ होला।
अब यस्तो मन्त्रीलाई केही कारबाही होला कि भनेर सोच्नु मूर्खता सिवाय केही हुँदैन। बरु उनलाई पुरानो गाडी परेकोमा माफी माग्छन् होला बाब्बै ! कि कसो त ?
कसरी बनिन् चन्दा मन्त्री ?माधव नेपालको सरकार बन्ने भएपछि गठबन्धनमा सामेल दलहरुलाई मन्त्री बाँड्न धौ धौ भयो। भागवण्डामा तमलोपालाई पर्‍यो शिक्षा, युवा तथा खेलकूद मन्त्रालय। टुक्राइयो दुई भागमा- शिक्षा र युवा तथा खेलकूद छुट्टै मन्त्रालयका रुपमा। तर लामो समयसम्म तमलोपाले मन्त्री छान्न सकेन। कारण उही त हो, पदको लोभ। सबलाई मन्त्री पद चाहिने। सरकार गठन भएको साढे तीन महिनापछि गत भदौ २६ गते आठौंपटक मन्त्रिमण्डल विस्तार गर्दा चन्दा मन्त्री बनेकी हुन्।
प्रधानमन्त्री समक्ष हिन्दी भाषामा शपथ लिँदा पदको मर्यादा कायम राख्छु भनेकी थिइन् चन्दाले। सर्लाही निवासी चन्दाले चुनाव जितेकी छैनन्। उनी त ‘पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको’ कोटाकी हुन्। तमलोपासम्वद्ध महिला स‍ंघकी अध्यक्ष पनि हुन् चन्दा।
google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

‘साढे तीन सय’ अभियान

विश्वका १८० देशसँगै हाम्रो देशका युवाहरुले पनि आज ऐतिहासिक साढे तीन सय अभियानमा सहभागिता जनाए। आजको दिन जस्तो वातावरणसम्बन्धी जनचेतना फैलाउन पृथ्वीको इतिहासमा यति वृहत् कार्यक्रम भएको थिएन। हाम्रो देशसहित विश्वका १८१ राष्ट्रमा पाँच हजारभन्दा बढी कार्यक्रम भए। सबैले चाहेका छन् जलवायु संकट कम पार्न साढे तीन सयको लक्ष्य प्राप्त गर्न कडा कदम। के हो त साढे तीन सय अभियान ? जान्नलाई र आज स्वयम्भूमा खिचिएका थप फोटो हेर्न भित्र आउनुस्।
साढे तीन सय मानवका लागि सुरक्षित कार्बन डाइ अक्साइडको सीमा हो। यसलाई पीपीएम अर्थात् पार्टस् पर मिलियनमा मापिन्छ। जलवायु परिवर्तनका खराब असरबाट बच्ने हो भने जतिसक्दो छिटो हामीले पृथ्वीको वातावरणमा कार्बन डाइअक्साइडको मात्रा साढे तीन सय पीपीएममा पुर्‍याउन जरुरी छ। हाल यो स‍ंख्या ३८७ पीपीएम रहेको छ।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
मुख्य बाधक को ?अमेरिका। विश्वका कुनै पनि देशभन्दा बढी CO2 उत्पादन गर्छ अमेरिकाले। per capita emissions मा पनि औद्योगिक राष्ट्रहरुमा सबभन्दा बढी उत्पादन अमेरिकाले नै गर्छ। अहिले आएर चीनले वार्षिक रुपमा सबभन्दा बढी CO2 उत्पादन गर्ने भए पनि प्रति व्यक्ति कार्बन अमेरिकाले नै धेरै गुणा उत्पादन गर्छ। यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धिहरुलाई पनि अमेरिकाले बारम्बार रोकेको छ।
CO2 ले पृथ्वीमा सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहलाई प्वाल पार्छ। यसले पृथ्वीमा तापक्रम बढ्न जान्छ।
हामीलाई के मतलब ?यो विकसित देशहरुले सिर्जना गरेको समस्या हो। हामीलाई के मतलब ? के यो धारणा सही हो ? हैन, बिल्कुलै हैन। किनभने पृथ्वी एउटा मात्र छ। यही पृथ्वीमा उनीहरु पनि हामीहरु पनि बस्नु पर्छ। जलवायु परिवर्तनका असरहरु नेपालमा देखा पर्न थालिसक्यो। माउन्टेन फ्लाइट उडाउने पाइलटहरु भन्छन्, अहिले पहिले जस्तो हिमालमा हिउँ नै देखिँदैन। हिउँ नै हिउँ हुने सगरमाथा आधार शिविरमा अहिले तालै ताल देखा पर्न थालेका छन्। सगरमाथा चढ्नेहरु भन्छन्, अहिले हिउँ नै देखिन्न। त्यसैले हामीले आवाज उठाउनु पर्छ। अनि मात्र विकसित देशका नेताहरु सुन्न बाध्य हुनेछन्। त्यसैका लागि विश्वभर यो साढे तीन सय अभियान चलाइएको हो। ६ सातापछि डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी १५ औँ बैठक हुँदैछ। त्यहाँ ३५० को लक्ष्य पूरा गराउन दबाब दिन पनि आज विश्वभर कार्यक्रम गरिएको हो। विश्वका विभिन्न देशका फोटोहरु हेर्ने भए यहाँ क्लिक गर्नुस्।
google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
Share on Facebook
Related Posts:
शुभकामना है विजया दशमीको
आतसबाजीका थप फोटोहरु
गढिमाई मेलाः कसरी रोक्ने हजारौँ पशुको बलि ?
देखिन थाल्यो है दशैँको संकेत
जेनिशा बनिन् मिस नेपाल

Tuesday, September 29, 2009

Nepal is Nature

Posted by Picasa

Monday, September 14, 2009

कठै दाइन दसैं पनि आयो मनमा त निकै दिक्क लगन्छ।

कठै दाइन दसैं पनि आयो मनमा त निकै दिक्क लगन्छ। कठै दाइन दसैं पनि आयो मनमा त निकै दिक्क लगन्छ। के गर्नु ल बिदेशमा बसे पछी त कती निश्वास छ , कती दिकदरी छ तर पनि हमरा देवताले हमरो सबैको भलो गरुन, कठै दहिन सोरया लगन्छ ।दसैं का बेला यो देउडा सुण ला भणी मैले रखी दियाको छु, सुणी जन रोया । ल

http://www.youtube.com/watch?v=fDwWP21idMA

कठै दाइन दसैं पनि आयो मनमा त निकै दिक्क लगन्छ।
कठै दाइन दसैं पनि आयो मनमा त निकै दिक्क लगन्छ। के गर्नु ल बिदेशमा बसे पछी त कती निश्वास छ , कती दिकदरी छ तर पनि हमरा देवताले हमरो सबैको भलो गरुन, कठै दहिन सोरया लगन्छ ।दसैं का बेला यो देउडा सुण ला भणी मैले रखी दियाको छु, सुणी जन रोया । ल

You really want make money ?

What you like to Meet ?

What internet doing in modern age ?

What is money game or…..?

www.searchA2Zworld.blogspot.com

If you have the time and energy , just see the below link ↓


Nepali Comedy Show On TV