Saturday, October 24, 2009

‘साढे तीन सय’ अभियान

विश्वका १८० देशसँगै हाम्रो देशका युवाहरुले पनि आज ऐतिहासिक साढे तीन सय अभियानमा सहभागिता जनाए। आजको दिन जस्तो वातावरणसम्बन्धी जनचेतना फैलाउन पृथ्वीको इतिहासमा यति वृहत् कार्यक्रम भएको थिएन। हाम्रो देशसहित विश्वका १८१ राष्ट्रमा पाँच हजारभन्दा बढी कार्यक्रम भए। सबैले चाहेका छन् जलवायु संकट कम पार्न साढे तीन सयको लक्ष्य प्राप्त गर्न कडा कदम। के हो त साढे तीन सय अभियान ? जान्नलाई र आज स्वयम्भूमा खिचिएका थप फोटो हेर्न भित्र आउनुस्।
साढे तीन सय मानवका लागि सुरक्षित कार्बन डाइ अक्साइडको सीमा हो। यसलाई पीपीएम अर्थात् पार्टस् पर मिलियनमा मापिन्छ। जलवायु परिवर्तनका खराब असरबाट बच्ने हो भने जतिसक्दो छिटो हामीले पृथ्वीको वातावरणमा कार्बन डाइअक्साइडको मात्रा साढे तीन सय पीपीएममा पुर्‍याउन जरुरी छ। हाल यो स‍ंख्या ३८७ पीपीएम रहेको छ।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
मुख्य बाधक को ?अमेरिका। विश्वका कुनै पनि देशभन्दा बढी CO2 उत्पादन गर्छ अमेरिकाले। per capita emissions मा पनि औद्योगिक राष्ट्रहरुमा सबभन्दा बढी उत्पादन अमेरिकाले नै गर्छ। अहिले आएर चीनले वार्षिक रुपमा सबभन्दा बढी CO2 उत्पादन गर्ने भए पनि प्रति व्यक्ति कार्बन अमेरिकाले नै धेरै गुणा उत्पादन गर्छ। यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धिहरुलाई पनि अमेरिकाले बारम्बार रोकेको छ।
CO2 ले पृथ्वीमा सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहलाई प्वाल पार्छ। यसले पृथ्वीमा तापक्रम बढ्न जान्छ।
हामीलाई के मतलब ?यो विकसित देशहरुले सिर्जना गरेको समस्या हो। हामीलाई के मतलब ? के यो धारणा सही हो ? हैन, बिल्कुलै हैन। किनभने पृथ्वी एउटा मात्र छ। यही पृथ्वीमा उनीहरु पनि हामीहरु पनि बस्नु पर्छ। जलवायु परिवर्तनका असरहरु नेपालमा देखा पर्न थालिसक्यो। माउन्टेन फ्लाइट उडाउने पाइलटहरु भन्छन्, अहिले पहिले जस्तो हिमालमा हिउँ नै देखिँदैन। हिउँ नै हिउँ हुने सगरमाथा आधार शिविरमा अहिले तालै ताल देखा पर्न थालेका छन्। सगरमाथा चढ्नेहरु भन्छन्, अहिले हिउँ नै देखिन्न। त्यसैले हामीले आवाज उठाउनु पर्छ। अनि मात्र विकसित देशका नेताहरु सुन्न बाध्य हुनेछन्। त्यसैका लागि विश्वभर यो साढे तीन सय अभियान चलाइएको हो। ६ सातापछि डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी १५ औँ बैठक हुँदैछ। त्यहाँ ३५० को लक्ष्य पूरा गराउन दबाब दिन पनि आज विश्वभर कार्यक्रम गरिएको हो। विश्वका विभिन्न देशका फोटोहरु हेर्ने भए यहाँ क्लिक गर्नुस्।
google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
Share on Facebook
Related Posts:
शुभकामना है विजया दशमीको
आतसबाजीका थप फोटोहरु
गढिमाई मेलाः कसरी रोक्ने हजारौँ पशुको बलि ?
देखिन थाल्यो है दशैँको संकेत
जेनिशा बनिन् मिस नेपाल

No comments:

Post a Comment

www.searchA2Zworld.blogspot.com

If you have the time and energy , just see the below link ↓


Nepali Comedy Show On TV